कस्तूरी एकेडेमीकाे २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

इटहरी / सुनसरीकाे इटहरीमा रहेकाे कस्तूरी एकेडेमीले २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । शनिवार एकेडेमीका अध्यक्ष रामचन्द्र अधिकारीकाे अध्यक्षयतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे । पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. विजु थपलिया प्रमुख अतिथिका रूपमा रहेका थिए । उक्त कार्यक्रममा एकेडेमीमा अध्ययनरत उत्कृष्ट ४ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा ब्याज टपर क्षितिज दाहाल, सर्मिला श्रेष्ठ तथा वशन दाहाल समेत सम्मानित भएका थिए ।

वर्ष भरिका विभिन्न परीक्षाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार वितरण गरिएको विद्यालयले जानकारी दिएकाे छ । लक्ष्मी छात्रवृत्ति अन्तर्गत कक्षा ११ को बोर्ड परीक्षामा प्रथम हुने सन्ध्य धिमाललाई ५,१०१ रूपैयाँ नगद प्रदान गरिएको थियो । साथै, कलेजद्धारा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष दिनेश रसाईली, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, प्याब्सन १ नं. प्रदेश सचिव सुमित थापा, युवा तथा खेलकुद महाशाखाका प्रमुख अधिकृति फल्गुनी काफ्ले लगायतकाे उपस्थिति रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित