एक्सपर्ट एजुकेसनले बेलायत जाने बिद्यार्थिका लागि परामर्श दिने

इटहरी / एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले बेलायत जान चाहने बिद्यार्थिका लागिसमेत परामर्श सुरु गरेको छ । अस्ट्रेलिया शिक्षाको लागी नेपालकै सबैभन्दा ठूलो कन्सल्टेन्सीमा पर्ने एक्सपर्टले अब बेलायतमा समेत विद्यार्थीहरुलाई पठाउने एक्सपर्ट इटहरीका भव तिम्सिनाले जानकारी दिए । पछिल्लो समय नेपाली विद्यार्थिहरुमा अस्ट्रेलिया जाने ट्रेण्ड बढेको छ तथापि छोटो अवधिका लागी बेलायत जान चाहने विद्यार्थिहरुको लागिसमेत सेवा सुरु गरेको तिम्सिनाले जानकारी दिएका छन् ।

तिम्सिनाका अनुसार विद्यार्थिहरु इन्टर्नसहित दुई वर्षे स्नातकोत्तर र इन्टर्नसहित तीन वर्षे स्नातक तहकालागी बेलायत जान सक्ने छन् । एक्सपर्ट इटहरीका एडमिसन म्यानेजर किरण राईकाअनुसार बेलायत जान चाहने विद्यार्थीहरुले अस्ट्रेलिया भन्दा कम झन्झटको सामना गर्नुपर्ने बताए । बेलायतमै स्नातककोत्तर सकेर आएका राईले भने ‘ब्याचलर गरेर बेलायत जान निकै सजिलो छ, साथै पछि त्यहीँ करिअरसमेत बनाउन सकिन्छ ।’उनका अनुसार अष्ट्रेलियामा पिआर पाउनजस्तो सजिलो बेलायतमा नहुने बताउँदै अन्य केही उपायहरु भने रहेको जानकारी दिए ।

अष्ट्रेलिया शिक्षाकोलागि नेपाललगायत विभिन्न देशमा कार्यालय खोलेर सेवा दिइरहेको एक्सपर्टले बेलायत शिक्षामा हात हालेपछि अब नेपालबाट बेलायतमा समेत विद्यार्थी जाने नयाँ ट्रेण्ड सुरु हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित