वर्षकै उत्कृष्ट फोटो : मृत्युअघि आमालाई हात हल्लाउँदै बालक

काठमाडौं । आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् । चित्रकारले खिचेको हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले हात हल्लाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो घोषित भएको छ ।

ती बालकले आफ्नी आमालाई मृत्युअघि हात हल्लाउँदै गरेको फोटोले नगद १ लाख रुपैयाँ पुरस्कारसहितको उपाधि जितेका हुन् । उनले अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित