सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार सुकुना क्याम्पसमा आयोजित रक्तदान कार्यक्रमबाट १ सय २३ प्रिन्ट रगत संकलन भएको थियाे । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक ब्यबस्थापनमा भएको संकलित रगत ब्लड बैंक विराटनगर पठाइएको क्याम्पस कमिटी अध्यक्ष मिलन वस्नेतले जानकारी दिए ।

सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसका बिद्यार्थी, प्राध्यापक, छिमेकी बिधालयका बिद्यार्थी, नगरवासी युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको स्ववियू सभापति सन्ताेष लिम्बूले बताए ।

प्रतिक्रिया

सम्बन्धित