कोशी पर्यटन महोत्सवको लगानी बालुवामा पानी, महोत्सव असफल बनेको स्थानीयहरूकाे आरोप

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको आयोजनामा गत आईतबारबाट शुरु भएको १० दिने महोत्सब बालुवामा पानी झै भएको छ । कुनैबेला अर्ना र चराहरुको राजधानी मानिने कोशीटप्पुमा न त अहिले अर्ना नै छन न् त चरा नै, बर्षेनी चराहरुको संख्या घटदो क्रममा छन भने अर्ना अन्यत्रै सारिएका छन । सो क्षेत्रमा लोकल भैसीलाई अर्ना भनेर समेत देखाउने गरिएको छ । अर्ना प्रतिमामै सिमित बनेको छ । गाँउपालिकाले पर्यटन प्रर्बद्धनमा गरेको लाखौ लगानी बालुवामा पानी झै भएको छ ।

पर्यटन बर्ष सन २०२० लाई लक्षित गरी संघीय र प्रदेश सरकारको उद्धेश्य अनुरुप पर्यटक भित्रयाउन कोशी पर्यटन महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज नै तयार गरेर महोत्सब आयोजना गरिएपनि अबलोकनकर्ताको संख्या भने औँलामा गन्न सकिने अबस्थामा छ । व्यवस्थित तरिकाले महोत्सब आयोजना नहुँदा आउने पर्यटन जति पनि पर्यटक आएका छैनन ।

आन्तरिक, ५० हजार भारतीय र तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटकहरु भित्रयाउने आयोजकको लक्ष्य रहेपनि सो लक्ष्य सपनामा मात्र सिमित बन्ने देखिएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्नफितलो ब्यबस्थापन, एकपक्षीय कार्यक्रम लगायत बिबिध कारण महोत्सव असफल बनेको स्थानीय बासिन्दा बताउँछन । महोत्सबको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हात्तिमा चढेर महोत्सबस्थल पुगेर उदघाटन गरेका थिए । त्यसपछि स्थानीय बाहेक हात्ति चढने र रमाउने पर्यटक खासै देखापरेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित