भाइरल ज्वरोले दुई जनाको मृत्यु, सिङ्गो गाउँ प्रभावित

मार्तडी / जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिनुभयो ।

घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिनुभयो । ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ ।

स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताउनुभयो । अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उहाँले जानकारी दिनुभयो । हिमाली गाउँपालिका–६ घुलाचौर ज्वरोले प्रभावित बनेको थियो । जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित