कोशी महोत्सवको मुख्यमंत्री राईद्वारा उद्घाटन

इनरुवा / सुनसरीको कोशी गाउँपालिकामा आजबाट कोशी महोत्सवको सुरुवात भएको छ । प्रदेश एकका मुख्यमंत्री शेरधन राईले महोत्सवको औपचारिक उद्घाटन गर्नु भएको छ ।
भ्रमण वर्षलाई लक्षित गरी गाउँपालिकाको कार्यालयले १० दिने महोत्सवको आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष मुस्लिम समूदायको व्यक्ति भएपनि महोत्सवको औपचारिक उद्घाटन भने हिन्दु संस्कार अनुरुप वेद पाठगरी गरिएको थियो ।

महोत्सव उद्घाटन पश्चात बोल्दै मुख्यमंत्री राईले भ्रमण वर्षको सरकारी नाराको सार्थकताका लागि स्थानीय स्तरमा आयोजना हुने महोत्सवहरुको विशेष योगदान रहने बताउनु भयो । मुख्यमंत्री राईले भ्रमण वर्षलाई लक्षित गरी पर्यटन प्रवद्र्धनमा जोडतोडका साथ लागिपरेको प्रदेश सरकार आवश्यक साथ र सहयोगकाल लागि सदैव तत्पर रहेको धारणा व्यक्त गर्नु भयो ।

महोत्सव उद्घाटन कार्यक्रम उद्योग, पर्यटन वन तथा वातावरण मंत्री जगदिश कुसियत सहित स्थानीय निकायका प्रमुखका साथै छिमेकी मुलुक भारतका सुरक्षाअधिकारी तथा मुखियाहरुको उपस्थिति रहेको थियो ।

महोत्सवमा विभिन्न स्टल समेत राखिएका छन् । हात्ती सफारी, अर्ना तथा चरा अवलोकन र सप्तकोशी नदीमा बोटिङ समेतको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष सहितका क्षेत्रमा आन्तरिक तथा बाह्रय पर्यटक आर्कषण गराउने उद्येश्यसाथ महोत्सवको आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित