श्रीमतीको टाउको छिनाएर श्रीमान प्रहरी चौकी पुगे

आफ्नी श्रीमतीको टाउको छिनाएर टाउकोसहित पुलिस चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन् ।

पुलिस चौकी पुग्नुअघि उनले काटिएको टाउको लिएर पूरा शहर घुमेका थिए । ती व्यक्तिको नाम अखिलेश रावत हो । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए त्यसपछि ‘भारत माता की जय’ नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित