धर्मिक र ऐतियहासिक क्षेत्र बेलबारीको धनपाल गढी

बेलबारी । नेपाल सरकारको १ सय पर्यटकीय गनतब्यको सुचीमा रहेको मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा पर्ने धनपालगढी बेलबारीको मात्र नभएर सिंगो देशको एउटा पर्यटकीय गनतब्यका रुपमा बिकास गर्न सकिने अथाह सम्भावना बोकेको ठाँउ हो । बेलबारी नगरपालिकाबाट राजमार्गबाट दक्षिणतर्फ करिब ७.५ किलोमिटर र प्रदेश १ को राजधानी बिराटनगरबाट पुष्पलाल चौक हुदै बिराटचौक जाने बाटोमा पर्ने नेता चौकबाट नहरैनहर करिब ६ किलोमिटर पुर्ब कसेनी बजार हुँदै पैदल यात्रा करिब २ किलोमिटर उत्तरमो सो ठाँउ अबस्थित रहेको छ ।

सो ठाँउमा पुग्न निजी सवारी साधन प्रयोग गर्दा थप सहज हुन्छ । चारैतिर बस्तीले घेरिएको करिब ३५ बिगाह क्षेत्रफलमा फैलिएको सानो जंगलभित्र धनपाल राजाको ऐतयहासिक दरबारको अबशेष आजपनि देख्न सकिन्छ । धनपाल राजाले खनेको ९ वटा पोखरीमध्ये ३ वटा पोखरी अझै बाँकी रहेका छन । यस क्षेत्रका थारु समुदायहरुले धनपाल राजाको मन्दिरमा आई पुजाआजा गर्ने गरेका छन । धनपाल गढीमा रहेको मन्दिरभित्र पित्तलको हात्तमिा चढेको राजा धनपालको मुर्ति र ९ वटा घण्टीहरु भेटिएको स्थानीयबासीहरु बताँउछन । यस क्षेत्र वरिपरि रहेको देवलको भग्नाबशेष इटाका टुक्राहरु हेर्दा यो करिब १ हजार बर्ष पुरानो रहेको अनुमान गर्न सकिन्छ ।

कसेनी गाबिसका पुर्व अध्यक्ष कृष्णबिनोद गिरीका अनुसार राजा धनपालकी छोरी फुलदेबी असाध्यै राम्री र ताकतबर भएकोले उनले आफनी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको र भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले धनपालसँग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाम मार्फत दाह्ी काटने निहुँले धनपालको घाँटी काटन लगाएर आफनो सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनबिश्वास रहेको छ ।

अहिलेपनि हजामहरु सो जनबिश्वासलाई आधार मानेर छुरा,कैची लिएर सो स्थानमा प्रबेश गर्दैनन । धनपाल गढीको पोखरीमा दुर्लभ रातो र सेतो कमलको फुल पाईन्छ । चराचुरुङगी र बनस्पति समेत यस स्थानमा पाईन्छ । धनपाल गढी परिसरमा पुरातात्विक अध्यायनका लागी प्रशस्त अभिलेखहरु पाईन्छन । यस क्षेत्रको जमिन मुनि अझ धेरै पुरातात्विक अभिलेखहरु पाउन सकिने स्थानीय बताउँछन ।

हालसम्म पाईएका मध्ये इनारको पाटो,तामपत्र,किपट र वरिपरि रहेका दिवालका भग्नाबशेषहरु रहेका छन । थारु समुदायका युवायुबतीको बिवाह पश्चात बैशाख १ गते उत्त नबदम्पत्तिहरु यस धनपालगढी परिसरमा रहेको राजा पोखरीमा आई दुलाहको बिवाहमा प्रयोग गरिएको मुकुट बिधिवत सेलाई भाबी सन्तानको जोखाना हेर्ने चलन रहेको छ । धनपाल गढी वरिपरि रहेका गाँऊहरुबाट प्रत्येक सालको चैत महिनाको शनिबार साँझमा आई मन्दिरमा बत्ति बाल्ने चलन छ ।

साँझ बत्ति बाल्ने क्रममा एउटा शनिबार बिधिबत रुपमा बोकाको बली चढाई त्यही बसी खाने चलन कायम नै रहेको छ । यसरी पुजा गरिएमा दैवी बिपत्ति नआउने जनबिश्वास रहिआएको छ । यस पुजालाई संसारी पुजा भन्ने गरिन्छ । यस ठाँउमा बैशाख १० गते मेला लाग्ने गरेको छ । जसले गर्दा दैबिक बिपत्तिबाट सुरक्षित हुने बिश्वास छ । उत्त मेलाको दिन थारु समुदाय भेला भई अत्यान्तै महत्वपुर्ण पारिवारिक र सामजिक समस्याहरुका बारेमा छलफल गर्ने थलोका रुपमा पनि चिनिएको छ । मेलामा स्थानीय समुदायले आ–आफनै भेषभुषामा सजिएर कला सँस्कृतिको प्रदर्शन गर्ने गरेका छन । यहाँको सामाग्रीहरु लिएर घरमा गएमा उत्त ब्यत्ति वा परिवारमा बिरामी हुने ,बिपत्ति आउने,र जस्ताको त्यस्तै फर्काइ माफ मागेमा बिरामी निको हुने स्थानीय बृद्ध बिजिलाल चौधारीले बताउँछन । स्थानीय मानिसहरुले यस राजा धनपाल मन्दिरमा आ –आफनो भाकल अनुसार बोका,हाँस,परेवा,कुखुरा बली चढाउनुका साथै पोखरीमा फुलघोडा पनि चढाउँछन ।

गाँउको बिचमा जंगलमा फैलिएको धनपाल गढीले त्याँहा पुग्ने जोकोही पर्यटककहरुको मन लोभ्याउने गरेको छ । बाहिर बाट झटट हेर्दा पार्क जस्तो लाग्ने धनपाल गढीको दक्षिणपटटी प्रबेशद्धार निर्माण गरिएको छ । प्रबेशद्धारको अगाडी बाटोको पुर्ब छेउमा बिन्दाबासिनी मन्दिर देख्न सकिन्छ । धनपाल गढी भित्र पुर्बपटटी दोरलोक्ना खोला पश्चिमपटटी लोहन्द्रा खोला,रहेको छ भने ३ वटा पोखरीहरु रहेका छन भने एउटा पोखरी मन्दिरको अगाडी पटटी रहेको छ । जुन पोखरीमा अझै पनि कमलका फुलहरु फुलेको देख्न पाईन्छ । मन्दिरको दक्षिणतर्फ बिवाहको लागी मण्डप रहेको छ ।

सो स्थानमा रहेका एतयहासिक तथा धार्मिक स्थलमा रहेका थुप्रै सामाग्रीहरु चोरी भईसकेका छन । यस क्षेत्रको संरक्षणमा बिशेष पहल गरिने हो भने स्थानीय मात्र होईन बाह्य आगन्तुकहरुको समेत मन लोभ्याउन सकिन्छ । यसको बिकासमा ध्यान दिन सके प्रशस्तै पर्यटकीय सम्भावनाहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित