नोबेलमा ओपीडी निःशुल्क हुँदा बिरामीलाई राहत

बिराटनगर / सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जी अनिवार्य काट्नुपर्छ । पुर्जीवापत बिरामीसँग अस्पतालहरुले १ हजार रुपैयाँसम्म लिने गर्छन् । बिराटनगर क्षेत्रका अधिकांस अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिलेको छ ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’ हुँदा बिरामीहरुले विनाशुल्क बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउँने अवसर पाएका छन् । पुर्जी निःशुल्क हुँदा धेरै राहत मिलेको बिरामीहरुको भनाई छ । सुनसरीको रामधुनीबाट उपचारका लागि नोबेल आइपुगेका हरिमान श्रेष्ठले पुर्जीको पैसा नलाग्दा सहज भएको बताए । ‘अन्त सवै तिरका अस्पतालमा पुर्जीको पैसा लाग्छ, बिराटनगरका अरु अस्पतालले पनि ५ सय रुपैयाँसम्म लिन्छन् । काठमाण्डौंमा त एक हजार रुपैयासम्म पर्छ ।’ उनले भने ‘नोबेलमा पुर्जीको पैसा तिर्नु नपर्दा त्यहि पैसाले झण्डै औषधि किन्न पुग्छ ।’
यता, बिराटनगरकी सुसिला निरौलाले पनि पुर्जी निःशुल्क हुँदा सस्तोमा उपचार पाएको सुनाईन् ।

‘खर्च अभाव भईरहेका बेलामा पुर्जीको पैसा जोगिदा मात्र पनि धेरै राहत हुन्छ ।’ उनले भनिन् । उनीहरु जस्ता अधिकांस बिरामीले पुर्जीको पैसा नपर्दा राहत मिलेको प्रतिक्रिया दिने गरेका छन् । नोबेलले एक दशक अघि देखि पुर्जी निःशुल्क गर्दै आएको छ । जसका कारण गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ । पैसा नभएका कारण ठुला अस्पतालमा जाँन नसक्ने गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी ओपीडी निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘गरिब तथा बिपन्न बिरामीलाई बिशेषज्ञ डाक्टरसँग पुगेर राम्रो उपचार पाउँने वातावरण निर्माणका लागि पुर्जी निःशुल्क गरेका हौं ।’ डा.शर्माले भने । दक्ष डाक्टर र अत्याधुनिक स्वास्थ्य उपकरणका कारण स्तरीय उपचारका क्षेत्रमा नोबेलले फड्को मार्दै गएको छ । स्तरीय उपचार सेवा प्रदान गर्दै आएको नोबेलले ओपीडी निःशुल्क गर्दा सवै स्तरका बिरामीहरुलाई उपचारमा सहजता मिलेको हो ।

प्रतिक्रिया

सम्बन्धित