ब्राइट फ्यूचरमा सरस्वती पूजा सम्पन्न

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा विगत २८ वर्षदेखि सञ्चालन हुँदै आएको ब्राइट प्यूचर मा.वि.ले यस बर्षकाे सरस्वती पुजा विधिवत रूपमा मनाएकाे छ । विद्यार्थी, शिक्षक तथा अभिभावककाे उपस्थीतीमा स्कुलले हर्साेउल्लाहासका साथ विद्या कि देवि सरस्वतीकाे पुजा गरेकाे हाे । स्कुलले सरस्वती पुजाकाे अवसरमा अक्षरारम्भ गर्ने विद्यार्थीहरूलाइ निशुल्क भर्ना गराएकाे पिन्सिपल टिका ढकालले जानकारी गराए ।

व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको ब्राइट फ्यूचर सुन्दरहरैँचाकाे नमुना स्कुलकाे रुपमा परिचित छ । यस स्कुलमा मन्टेसरीदेखि कक्षा १२ सम्मको पढाइ हँदै आएको छ भने अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यालयकाे सहभागिता राम्राे छ । छाेराछाेरीकाे उज्वल भविस्यका लागि ब्राइट फ्यूचर अभिभावकहरूकाे पहिलाे राेजाइमा पर्ने गरेकाे स्थानीयहरू बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित