यस्ताे रह्याे सुविजीमुर मा.वि.काे सरस्वती पुजा (तस्विरहरू सहित)

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैचा १२ विराटचोकमा विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको सुविजीमुर मेमोरियल मा.वि.ले यस बर्षकाे सरस्वती पुजा धुमधामका साथमा मनाएकाे छ ।

विद्यार्थीहरुलाई व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको सुविजीमुर सुन्दरहरैँचा क्षेत्रको गहना तथा नमुना विद्यालयका रुपमा परिचित छ । “बालबालिकाको स्वर्णिम भविष्य नै हाम्रो उद्देश्य र सन्तुष्टि हो” भन्ने नाराका साथमा स–साना नानीहरुका लागि सुविधा सम्पन्न मन्टेसरीदेखि कक्षा १२ सम्मको पढाइ सुविजीमुरमा हुदै अाएकाे छ । यस विधालयमा याे बर्षकाे सरस्वती पुजा विशेश महत्त्वका साथमा विधाथी, शिक्षक तथा अभिभावक लगायतकाे सहभागीतामा भव्य रुपमा मनाईएकाे छ ।

विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप हरुमा समेत ध्यान दिएर यस विद्यालयले अन्तर्विद्यालय तथा जिल्लास्तरीय प्रतियोगितामा पुरस्कृत समेत हुदै अाएकाे छ । विद्यार्थीहरुकाे पढाइ तथा उज्जल भविष्यका लागि सुविजीमुरमा नियमित रुपमा कक्षा तथा परीक्षा सञ्चालन भएर अभिभावकहरुसँगको निरन्तर समन्वय र सम्पर्क रहँदै आएको छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रशासनिक र शैक्षिक क्षेत्रमा सफल भएर काम गर्दै डाक्टर, इन्जिनियर बनेर देश विदेशमा रोजगारी प्राप्त गरी सफलतातर्फ अघि बढेकाे स्थानीयहरु बताउँछन ।

याे बर्षकाे वसन्त पञ्चमी तथा सरस्वती पुजाकाे शुभअवसरमा सम्बन्धित सबैकाे सहभागितामा विधालयमा ससाना नानीहरुकाे अक्षरारम्भकाे कार्यक्रम गरि विधाकी देवीकाे पुजा ,पाठ अाराधना र प्रसाद ग्रहण गरेर हर्षाेल्लासका साथमा भव्य रुपमा सरस्वती पुजा मनाईएकाे विधालयका प्रिन्सिपल गाेविन्द कार्कीले पूर्वेली न्यूजसँगकाे कुराकानी जानकारी दिए । सुन्दरहरैंचाकाे सुविजीमुर मेमाेरियल मा वि ले धुमधामका साथमा मनाएकाे सरस्वती पुजा तश्विरमा यस्ताे देखियाे… ।

प्रतिक्रिया

सम्बन्धित