सिद्वार्थ स्कुलकाे सरस्वती पुजा (तस्विरहरू सहित)

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० खाेर्सानेमा विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको सिद्वार्थ सेकेन्डरी स्कुलले यस बर्षकाे सरस्वती पुजा धुमधामका साथ बृहत रुपमा मनाएकाे छ । विद्यार्थीहरुलाई व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको सिद्वार्थ सुन्दरहरैँचा क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा समेत परिचित छ ।“उत्पेरणाकाे लागि शिक्षा ” भन्ने नाराका साथमा स–साना नानीहरुका लागि सुविधा सम्पन्न मन्टेसरीदेखि कक्षा १२ सम्मको पढाइ हुदै अाएकाे यस विधालयमा याे बर्षकाे सरस्वती पुजा विशेश महत्त्वका साथमा विधाथी, शिक्षक तथा अभिभावक लगायतकाे सहभागीतामा भव्य रुपमा मनाईएकाे छ ।

शिक्षाक्षेत्रको जग बलियो बनाएर बालबालिकाहरुलाई राम्रो पढाएर सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यले स्थापना भएको सिद्वार्थले सहज रुपमा भयरहित तथा व्यावहारमा आधारित शिक्षा प्रदान गर्दै दिनरात खटिरहने सृजनशील र अध्ययनशील शिक्षकहरुको शिक्षणले नै राम्रो नतिजा हासिल गरेर अघि बढन सफल भएको माेरङ जिल्ला प्याब्सनका जिल्ला अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिए । उनले विद्यालयमा हाल १३ सय विद्यार्थी रहेकाे जानकारी दिदै +२ तर्फ हाेटल मेनेजमेन्ट, कम्प्युटर साइन्स ,ट्रभल एण्ड टुरिजम , विजनेस लगायतकाे पढाइ संचालन विगत केही बर्षदेखि हुदै अाएकाेले हाल विद्यालयमा रजत बर्षकाे कार्यक्रम समेत चलि रहेकाेले यस स्कुललाई अझै राम्रो बनाउँने अाफ्नाे अागामी याेजना समेत रहेको पूर्वेली न्यूजसँगकाे कुराकानीमा जानकारी दिए ।

विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरुमा समेत ध्यान दिएर यस विद्यालयले अन्तर्विद्यालय तथा जिल्लास्तरीय प्रतियोगिताहरुमा पुरस्कृत समेत हुदै अाएकाे छ । सिसिक्यामरा, इन्टरनेटको समेत राम्रो सुविधा भएको सिद्वार्थमा नियमित रुपमा कक्षा तथा परीक्षा सञ्चालन भएर अभिभावकहरुसँगको निरन्तर समन्वय र सम्पर्क रहँदै आएको छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रशासनिक र शैक्षिक क्षेत्रमा सफल भएर काम गर्दै डाक्टर, इन्जिनियर बनेर देश विदेशमा रोजगारी प्राप्त गरी सफलतातर्फ अघि बढेकाे अभिभावकहरु बताउँछन ।

याे बर्षकाे वसन्त पञ्चमी तथा सरस्वती पुजाकाे शुभअवसरमा सम्बन्धित सबैकाे सहभागितामा विधालयमा स साना नानीहरुकाे अक्षरारम्भकाे कार्यक्रम गरि भव्य रुपमा विधाकी देवीकाे पुजा पाठ अाराधना र प्रसाद ग्रहण गरेर हर्षाेल्लासका साथमा सरस्वती पुजा मनाईएकाे विधालयका सहायक प्रिन्सिपल जे वि थुलुङले जानकारी दिए । उनले सरस्वती पुजाकाे विशेष कार्यक्रम अन्तर्गत अभिभावक तथा विद्यार्थीहरुकाे सहभागितामा सिद्वार्थ सिङ्गगीङ अाइडल , डान्सीङ अाइडल तथा पब्लिक स्पीक प्रतियाेगिता समेत भव्य रुपमा अायाेजना गरिएको बताए । सुन्दरहरैंचाकाे सिद्वार्थ सेकेन्डरी स्कुलले धुमधामका साथमा मनाएकाे सरस्वती पुजा तश्विरमा यस्ताे देखियाे… ।

प्रतिक्रिया

सम्बन्धित