सोह्र महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष
चितवन / बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो । लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ अस्पतालका उपनिर्देशक भएर काम गर्दै आउनुभएको छ ।
विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया