इन्द्रपुर स्कुलमा मन्टेश्वरी उद्घाटन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलले मन्टेलश्वरी उद्घाटन समारोह तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ । समारोहमा प्रमुख अतिथी सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा प्रमुख दामोदर चापागाई थिए । उनले कार्यक्रमकाे सम्बाेधन गर्दै यस इन्द्रपुर स्कुलले गरेकाे मन्टेश्वरी उद्घघाटन समारोह तथा साँस्कृतिक कार्यक्रम महत्त्वपूर्ण तथा आवश्यक भएको बताए ।

चापागाईंले अबकाे शिक्षा गुणस्तरीय, व्यवहारिक तथा स्वराेजगार मूलक हुन अति आवश्यक भएको समेत उल्लेख्य गरे । समारोहमा प्याब्सन माेरङका जिल्ला सदस्य तथा शिक्षा सेवी गोविन्द कार्कीले छोटो समयमा नै विद्यालयले सफलता हासिल गरेकाेमा अाफूलाई खुसि लागेको बताउँदै विद्यालयहरु बिच सद्भभाव तथा आपसी रुपमा भाईचाराको सम्बन्ध स्थापित हुनु पर्नेमा जाेड थिए ।

विद्यालयकाे प्राङ्गगणमा भएको कार्यक्रममा विद्यार्थीहरुले आकर्षण नृत्य,तथा गीत संगित समेत प्रस्तुत गरेर उपस्थित सबैलाई मनाेरन्जन प्रदान गरेकाे विद्यालयका प्रिन्सिपल नीरज ढकालले जानकारी दिए । उनले २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल करिव ५ सय जाना विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षाका साथ अध्यापन गर्ने गरेकाे बताए । कार्यक्रममा विशिष्ट अतिथि राेशनप्रसाद ढकाल थिए भने समाराेह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवप्रसाद गुरागाईकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित