गुरुयोजना र नारामै सिमित बेलबारीको पर्यटन

बेलबारी । अथाह पर्यटनको सम्भावना भएको र सरकारले १ सय पर्यटकीय गनतब्य सुचीमा समेत राखेको बेलबारी नगरपालिकाको पर्यटन हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तै भएको छ । सरकारले १ सय पर्यटकीय सम्भावना भएका गनतब्यहरुको सुचीमा बेलबारी ५ मा रहेको धनपालथान लाई समेत राखेको छ । राजा धनपालको मन्दिर, दुईथरी फुल्ने कमल फुल,ऐतियहासिक पोखरीहरु समेत रहेको सो क्षेत्र लगायत नगरपालिका भित्रै रहेका दर्जन बढी पर्यटकीय स्थलहरु सम्भावना भएर पनि ओझेलमा छन तरपनि नगरपालिकाको ध्यान भने त्यसतर्फ अहिले सम्म जान् सकेको छैन ।

सरकारले सन २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने लक्ष्यका साथ जनवरी १ देखि पर्यटन बर्ष घोषणा गरेर शुरु समेत गरेको छ । तरपनि बेलबारीमा अहिलेसम्म पर्यटन सम्बन्धी न त कुनै समिति बनेको छ न त कुनै कार्यक्रम नै भएका छन । बेलबारीमा पनि भ्रमण बर्ष शुरु होला,पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको प्रचारप्रसार,संरक्षण,सम्र्बद्धन होला र बेलबारीमा पनि आन्तरिक तथा बाह्य पर्यटक आउँलान भन्ने कुरा सपना जस्तै भएको छ ।

पर्यटन बर्ष घोषणा भएको १ महिना बितिसक्दा पनि बेलबारीमा पर्यटन बर्षको तयारी शुन्यको अबस्थामा रहेको छ । सरकारले पर्यटकीय सम्भावना बोकेका १ सय पर्यटकीय स्थलको सुचीमा राखेको बेलबारीमा अबस्थित धनपालगढी प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा छ । डिपिआर तयार पारेर काम शुरु गरेको भनिएपनि सो क्षेत्र ओझेलभित्र छ । बेलबारीमा रहेका अन्य पर्यटकीय सम्भावना बोकेका दर्जनौ पर्यटकीय गनतब्य ओझेलमा नै देखिन्छन ।

प्राकृतिकदेखि सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको भण्डारका रुपमा रहेको बेलबारीका धेरै सम्भावना भएका पर्यटकीय गन्तब्य ओझेलमा छन् । स्थानीय सरकारले भ्रमण वर्षलाई लक्षित गरेर त्यस्ता गन्तब्यको प्रर्वद्धनमा काम गर्नुपर्ने थियो । तरपनि त्यसो गर्न सकिएको देखिएन । बेलबारीमा पर्यटनको क्षेत्रका काम गरेका ब्यत्तिहरु समेत नहुँदा पर्यटनको प्याकेज निर्माण हुन सकेको छैन । बेलबारी नगरपालिकाले बेलबारीमा रहेका केही पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना (डिपिआर) तयार गरी काम गर्ने बताएपनि अधिकांश गुरुयोजना त्यत्तिकै थन्किएका छन ।

बेलबारी ४ मा बेतना सिमसार,बेलबारी ५ मा धनपालथान,बेलबारी २ मा रमिते पर्यटकीय स्थल ,बेलबारी १० मा सिर्जना पार्क,बेलबारी ८ मा पेट्रोलखानी,
बेलबारी ३ मा प्रस्तावित जनयुद्ध संग्राहलय स्थल,बेलबारी ३ मा किरात राई यायोख्खा धार्मिक बन,बेलबारी ८ मा प्रस्तावित खुल्ला चिडियाघर,बेलबारी ३ का बिजय सुवेदी र सुष्मा सुवेदी (आचार्य) ले ब्यत्तिगत लगानीमा निर्माण गरेको बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन पार्क लगायत दर्जनौ पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु छन ।

बेलबारी नगरपालिकाले पहिलो जातिको रुपमा घोषणा गरेको धिमाल जातिको आफनै पहिचान र कला संस्कृति समेत बेलबारीको पर्यटनको दरिलो आधार बन्न सक्छ । पर्यटनको अथाह सम्भावना बोकेको बेलबारी पर्यटन सम्बन्धि नेतृत्व गर्ने क्षमता बोकेका र दुरदृष्टि भएका ब्यत्तिहरुको अभावमा त्यत्तिकै ओझेलमा परेको छ । हरेक बर्ष भाषण मार्फत ठुला ठुला सपना बाँडने तर कुनैपनि योजना र काम सफल नबाउने प्रबृतिका कारण बेलबारीको पर्यटन क्षेत्र सुस्ताएको छ ।

प्रतिक्रिया

सम्बन्धित