शिक्षा सन्देशमा पुर्वोत्तर मोरङमै पहिलोपटक बाल साहित्य महोत्सव

बेलबारी / मोरङको बेलबारी २ मा शिक्षा सन्देश शैक्षिक सार्बजनिक गुठीद्धारा सञ्चालित शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा पुर्बोत्तर मोरङमै पहिलोपटक दुई दिने बाल साहित्य होत्सव आयोजना हुने भएको छ ।

यहि माघ १५ र १६ गते आयोजना हुने महोत्सवका बारेमा बिद्यालयले आईतबार बिहान बिद्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । महोत्सवमा कविता बाचन, कथा लेखन, वादबिवाद, अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशनी, नाटक प्रर्दशन, चित्रकला, बालबालिकाले तयार पारेका बिभिन्न सामाग्रीहरुको प्रर्दशनी, बिद्यार्थीले तयार पारेका खानेकुराको प्रर्दशनी, चर्चित साहित्यकारहरु सँग बिद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका बिबिध कार्यक्रम रहनेछन ।

बिद्यार्थी र अभिभावहरु प्रायजसो गायन र नृत्यमा मात्र चासो राख्ने र त्यहि बिधामा निपुर्ण भएमात्र अभिभावकहरु पनि खुसी हुने प्रचलन जस्तै बनेको अबस्थामा बिद्यार्थीहरुको सर्बाङिगण बिकासमा बाल साहित्य महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित