सुन्दरहरैंचाकाे इन्द्रपुर नमूना स्कुलमा हेल्थ क्याम्प, विद्यार्थी र अभिभावक खुसी

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ स्थित इन्द्रपुर नमुना सेकेन्डरी स्कुलले विधार्थीहरुको हितका लागि अाफ्नै विद्यालयमा हेल्थ क्याम्प संञ्चालन गरेको छ ।

स्कुलमा अध्ययनरत पूर्व विधार्थी तथा नोबेल मेडिकल कलेजका नर्स आस्मा आचार्य तथा विराटचाेक रहेकाे पुजा डेन्टलको प्राविधिक सहयोगमा स्कुलले हेल्थ क्याम्प सञ्चालन गरेको हो । स्कुलमा अध्यायनरत करिव ३ सय जाना विद्यार्थीहरुले हेल्थ क्याम्पबाट सेवा सुविधा लिएकाे विद्यालयका प्रिन्सिपल अर्जुन ढकालले जानकारी दिए ।

उनले स्कुलले हेल्थ क्याम्प आयोजना गरि विधार्थीहरुको शरीरका विभिन्न भाग र विशेष गरि दात सम्बन्धी रोगको पहिचान गर्न हेल्थ क्याम्प सञ्चालन गरेको बताए । प्रिन्सिपल ढकालले विधालयले अध्ययनमा मात्र सिमित नभई आफ्ना विधार्थीहरुको स्वास्थ्य समस्या बुझ्न र अभिभावकलाई जानकारी गराउनको निम्ति हेल्थ क्याम्प सञ्चालन गरेकोले प्रत्येक ६ महिनाकाे अन्तरमा विधार्थीहरुको स्वास्थ्य स्थिती बुझ्न हेल्थ क्याम्प सञ्चालन गर्ने याेजना अघि सारेको बताए ।

उक्त स्कुलले ८,९,१० कक्षामा अध्ययनरत विधार्थीहरुका लागि सुरक्षा सम्बन्धी सचेतना मूलक कार्यक्रम समेत आयोजना गरेको थियो । मानविय तथा प्राकृतिक विपद आए पछि आफू कसरी सुरक्षित हुने र मानविय तथा प्राकृतिक विपद आउन नदिन कस्ता खाले गतिविधिहरु मानवले गर्नु पर्ने विषयकाे जानकारी सुरक्षा प्रहरी बल हाइवे चेक पोस्टका नायव निरिक्षक सुभास गिरीले दिएका थिए ।

प्ले ग्रुप देखि कक्षा १० सम्म अध्यायन हुने उक्त स्कुलमा हाल ५ सय जाना विधार्थीहरु छन । २०५८ सालमा स्थापना भएको उक्त स्कुलमा सुन्दरहरैचा क्षेत्रकाे विराटचाेक , हरैंचा, शुक्रबारे लगायतका स्थानहरुबाट समेत विधार्थीहरु अध्ययन गर्न आउंने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन ढकालले बताए । उनले विधालयमा अध्यायन गरि सकेका विधार्थीहरु हाल नर्श, डाक्टर, इन्जिनियर र शिक्षण पेशामा रहेको समेत उल्लेख्य गरे । विद्यालयले नयाँ शैक्षिक शत्र देखि एक जना नर्श नै नियुक्त गरेर विधार्थीहरुको नियमित स्वास्थ्य चेकजाच गर्ने याेजना अघि सरेकाे पुर्वेली न्यूज मार्फत जानकारी प्राप्त भएको छ । इन्द्रपुर नमूना स्कुलमा भएको हेल्थ क्याम्पबाट विद्यार्थीहरुलाई लाभ तथा अभिभावकहरु खुसी समेत भएका छन ।

प्रतिक्रिया

सम्बन्धित