अन्तर्राष्ट्रिय पुरस्कारबाट इटहरीका डा. सिटौला सम्मानीत

इटहरी / विश्वव्यापी अनुसन्धान फोरम भारतले थाईल्याण्डको राजधानी बैंककमा अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा इटहरीका  डा. बेनुप्रसाद सिटौलालाइ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत गरेकाे छ । बैंकककाे हाेटल एम्नेष्टरमा सम्पन्न उक्त सम्मेलनमा दिगो व्यापार अभ्यास चुनौती र ईन्जिनियरिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सम्बन्धी सम्मेलनका क्रममा डा. सिटौलालाइ साे पुरस्कारबाट सम्मानीत गरिएकाे हाे  ।

डा. प्रकाश देवकरणको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १५ भन्दा बढी देशका  ५० वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो । इटहरीका डा.  सिटौलालाई “नैतिक मूल्य र भारतीय शिक्षा सम्बन्धी विश्लेषणात्मक अध्ययन” विषयक विशेष शोध पत्र प्रस्तुत गर्न विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको थियो ।

कायर्क्रमका अवसरमा डा. सीटाैलालाई सन् २०२० को शिक्षाविद् तथा नवीन पीएचडी विद्वानको रूपमा सम्मानित गरिएको थियो ।  सिटौला नेपाल दयानन्द वैदिक मिशन स्कूलका प्रिन्सिपल तथा दयानन्द समाज नयाँ दिल्ली भारतका शैक्षिक अधिकारी समेत रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित