प्रदेश १ स्तरिय क्यान इन्फोटेक सम्पन्न: ३० हजारले गरे अवलोकन

इटहरी । माघ एक गते बाट इटहरीमा सञ्चालन भएको प्रदेश स्तरीय क्यान इन्फोटेक मेला २०२० आइतबार सम्पन्न भएको छ । ५ दिन सम्म चलेको मेलाले ५० लाखको कारोबार गरेको आयोजक क्यान महासंघ सुनसरीले जानकारी दिएको छ । आइतबार औपचारीक रूपमा क्यान इन्फोटेक मेला समापनको घोषणा गर्दै आयोजकले यस्तो जानकारी गराएको हो ।

समापन समारोहमा बोल्दै क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले मेलामा ३० हजार आन्तरिक आगन्तुकहरूले अवलोकन गरेको बताए । मेला भित्र रोबोर्ट वार , रकेट प्रदर्शनी , ड्रोन , शिशि क्यामेरा , मान्छे संग बोलने रोबोर्ट , लेजर प्रिन्टर्सहरू अवलोकनकर्ताहरूको मुख्य रोजाइमा परेको बताइएको छ ।

प्रभु पे मुख्य प्रायोजक रहेको इन्फोटेक मेलामा ब्यापार भन्दा शुचना प्रविधिको बिकास र यसको महत्वको बिषयमा धेरै भन्दा धेरै ज्ञान दिने साथसाथै पर्यटन वर्ष २०२० लाइ प्रवर्दन गर्ने उद्येश्यका साथ सञ्चालन गरिएको मेला संयोजक तथा क्यान महासंघका उपाध्यक्ष खडग ओझाले बताए । मेला सम्पन्न गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र क्यान महासंघ केन्द्रीय कमिटि लगायत सहायक प्रायोजक वर्ल्डलिंक इन्टरनेट कम्पनि प्रति आयोजक क्यान महासंघ सुनसरीले आधार ब्यक्त गरेको छ ।

त्यसैगरी मेलाभित्र राखिएका स्टलहरू मध्ये शिशि क्यामारा, ब्रदर्श तथा क्याननका प्रिन्टरहरू बढी मात्रामा बिक्री बितरण भएको बताइएको छ । समापनको दिन आइतबार इटहरी क्षेत्रका ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले अवलोकन गरेका थीए ।

८० वटा स्टल रहेको उक्त मेलामा आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको थीयो ।

प्रतिक्रिया

सम्बन्धित