यस्ताे रह्याे पिसजोन स्कुलका शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक ( तस्बिरहरू सहित )

इटहरी / सुनसरीकाे इटहरीमा रहेकाे पिसजोन स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक कार्यक्रम सम्पन्न भएकाे छ । माघ ३ गते शुक्रबार सुनसरी स्थित “शंकर वेली सिमसार” क्षेत्रमा स्कुलका शिक्षक तथा कर्मचारीहरूकाे पिकनिक सम्पन्न भएकाे हाे । शिक्षक तथा कर्मचारीहरू एक आपसमा भेला हुदा शैक्षिक स्तर वृद्धिमा सहयाेग पुग्ने भएकाले पिकनिक कार्यक्रम आयाेजना गरिएकाे भाइस प्रिन्सिपल विनय दाहालले बताए ।

कार्यक्रममा पिसजोन स्कुलका म्यानेजिंग डाइरेक्टर टि.एन पौडेल, ब्रिटिश काउन्सिलका एम्बेस्टर सुदर्शन सुवेदी, पूर्व प्रिन्सिपल जगदिस प्रसाद वली, चन्द्रकला वली साथै प्रिन्सिपल केशव प्रसाद भट्टराई, भाइस प्रिन्सिपल विनय दाहाल लगायत स्कुलका शिक्षक तथा कर्मचारीहरू उपस्थिति रहेको थियो | ब्रिटिस काउन्सिलद्वारा स्थापित एवार्डकाे सम्पूर्ण १२ वटै बिधाहरूमा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड २०१९-२२) जित्न सफल भएकाे उक्त विद्यालयले पढाइका अतिरिक्त विभिन्न क्रियाकलाप गदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित