केआइइसीको इटहरीमा शाखा विस्तार

इटहरी / केआइइसीले १३ औं शाखाको विस्तार गरेको छ । उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुक जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको केआइइसीले इटहरीमा पनि शाखा विस्तार गरेको हाे । केआइइसीले १३औं शाखाको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौड्यालले उद्घाटन गरेका हुन् ।

विदेशमा रहेका सुविधा सम्पन्न कलेजहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई अध्ययनका लागि सहज वनाउन सहयोग पुर्याउने उद्धेश्यले १३औं शाखा सञ्चालनमा ल्याएको केआइइसीका सिइओ राजेन्द्र रिजालले वताए । उनले उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका कलेजहरुमा जाने विद्यार्थीहरुले सहजिकरणका लागि काठमाडौंमा पुग्नु पर्ने समस्याको अन्त गर्दै आफनै ठाउँमा विद्यार्थीहरुले पुर्व तयारी कक्षामा अध्ययन गर्न पाउने व्यवस्था मिलाएको समेत जानकारी गराए ।

पछिल्लो समयमा रोजगार मुलुक शिक्षाका लागि अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढी रहेको समयमा प्रदेश नम्बर १को विकसीत सहर इटहरीमा सञ्चालनमा ल्याइएको केआइइसीले रोजगार मुलक शिक्षाका लागि विद्यार्थीहरु सहज वनाउने कार्यक्रमका प्रमुख अतिथी भिम पौडेलले विश्वास व्यक्त गरे । रोजगार मुलक शिक्षाका लागि विद्यार्थीहरु वाहिर जानु परिरहेको तर्फ मध्यनजर गर्दै नेपाल सरकारले नै रोजगारी केन्द्रीत शिक्षामा जोड दिदै जानु पर्ने प्रमुख अतिथी पौडेलको भनाइ रहेको थियो । इटहरी तथा आसपासका क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी इटहरीमा केआइइसी सञ्चालनमा ल्याएको इटहरी शाखा सञ्चालक आशिष प्याकुरेलले वताए । कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित