इटहरीकाे क्यान इन्फोटेकमा राेबटले काट्याे रिबन, हेर्नुहाेस् १०१ तस्बिर

इटहरी / सुनसरीको इटहरीमा आज (बुधबार) देखि ५ दिने क्यान इन्फोटेक शुरु भएको छ । इटहरी स्थीत जनता स्कुलको खेल मैदानमा इन्फोटेकको आज उद्घाटन भएकाे हाे । कार्यक्रममा प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की प्रमुख अतिथी रहेका थिए । राेबटले रिबन काटेर कार्यक्रमकाे औपचारिक रूपमा उद्घाटन गरिएकाे थियाे ।

सुचना र प्रविधिका साथै आईसीटीका क्षेत्रमा भईरहेको विकासलाई समेटने गरी आयोजना गरिने मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेस नम्बर १ मा सुचना प्रविधिका विषयमा विद्यालय तहमा मात्र नभएर बाहिर पनि उच्च प्रविधि पुर्याउने योजनामा रहेको वताए । उनले सुचना प्रविधिका क्षेत्रमा उच्च प्रविधिका लागि प्रदेस सरकारले नितिगत तथा कानुनी व्यवस्था मिलाएर सहयाेग गर्ने समेत जानकारी गराए । प्रदेस १ कै मेघा सिटिकाे रूपमा विकस भइरहेकाे इटहरीमा सुचना प्रविधि सम्वन्धी ठुलो प्रर्दसनी कक्ष वनाउन समेत प्रदेस सरकार तयार रहेको मन्त्री कार्कीको भनाइ रहेको थियो ।

कार्यक्रममा सुचना प्रविधिका विषयमा प्रदेस सभा सदस्य लिलम बस्नेत , सर्वध्वज साँवा,उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतले बोलेका थिए । पाँच दिन सम्म चल्ने क्यान इफोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको बिभिन्न उच्च प्रविधिका सामग्रीहरुका स्टल रहेका छन । त्यसै गरी मेलामा कम्प्युटर एक्सेसरिज, एन्टि भाइरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्श्निका साथै विक्रीका लागि राखिएका छन ।


प्रतिक्रिया

सम्बन्धित