माइबेनी मेलामा सिसि क्यामेराको निगरानी

झापा । झापाको कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा माघे संक्रान्तिको अवसरमा लाग्ने माइबेनी मेलामा यसवर्ष पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदेश १ कै चर्चित धार्मिक माइबेनी मेलामा प्रदेशभरिका जिल्लासहित छिमेकी राष्ट्र भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु तथा भक्तजनहरू आउने गरेकाले मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन यसवर्ष प्रविधियुक्त सुरक्षा योजना बनाएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। माई नदी किनारमा मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ।

त्यसैले माई नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। २० स्थानमा सिसी क्यामेरा जडान जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ(संस्थासँग समन्वय गरी बनाइएको सुरक्षा योजनामा मेला स्थलमा सिसी क्यामेरा जडान गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए। ‘कनकाई पुलसहित नदीको दुवैतर्फ गरी २० स्थानमा सिसी क्यामेरा जडान गरेको छौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘प्रविधियुक्त सुरक्षा व्यवस्था मिलाउँदा प्रहरीलाई सुरक्षा प्रदान गर्न सहज हुन्छ। आपराधिक क्रियाकलापमा कमी आउँछ।’

हरेक वर्ष माइबेनी मेलामा सवारीसाधन लिएर जाने झक्तजनबाट पार्किङको नाममा मनपरि शुल्क उठाउन थालेको भन्दै यस वर्ष कनकाई नगरपालिकाले सवारी साधनको रेट घटाएको छ। गतबर्ष मोटरसाइकलबाट २००, साना सवारीसाधनबाट ५०० र ठूला सवारीबाट एक हजारसम्म पार्किङ लिने गरेको विरोध भएपछि नगरपालिकाले यसवर्ष शुल्क घटाएर लगाएको छ। ‘यसवर्ष नगरपालिकाले मोटरसाइकलको ५० र साना सवारीसाधन १५० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित