१ सय १ वर्षकी महिलाले जन्माइन बच्चा

काठमाडौं / ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।

इटालीमा अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । र, यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित