सुनसरीका दुई विद्यालयलाई ८३ लाखको सहयोग

इनरुवा / सामाजिक क्षेत्रमा कार्य गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटीले सुनसरीका दुई विद्यालयमा ८३ लाखको पूर्वाधार निर्माण गरिदिएको छ ।
एनडीएस काठमाण्डौंले सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिकाका दुई विद्यालयमा पठनपाठनमा सहजताकालागि १० कोठे भवन निर्माण गरिदिएको हो ।
सोसाइटीले भुटाहामा रहेको बालकृष्ण माबि र घुस्कीको हिलाल पब्लिक स्कूलमा सुविधा सम्पन्न कक्षा कोठा सहितको भवन निर्माण गरि हस्तान्तरण गरेको छ ।
सोसाइटीका प्रमुख नजरुल हसनका अनुसार विद्यालयमा पठानपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्यसाथ सहयोग उपलब्ध गराइएको हो ।
निर्माण सम्पन्न संरचना एनडीएसले औपचारिक कार्यक्रमकाबिच विद्यालयलाई हस्तान्तरण गरेको छ । बालकृष्ण माविमा आयोजित कार्यक्रममा पूर्व अर्थमंंत्री समेत रहेका वर्तमान संघीय सांसद ज्ञानेन्द्र कार्की , प्रदेश सांसद ताहीर अन्सारीका साथै गाउँपालिका अध्यक्ष गफार अन्सारी र सहयोगी संस्थाका प्रमुख हसनले संयुक्त रुपमा भवन उद्घाटन गरे ।

एनडीएस मुस्लिम संस्था भएपनि सबैजसो क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको संस्थाका पर्यवेक्षणकर्ता आफताब आलमले जानकारी दिए । आफताबका अनुसार सुनसरीका दुई विद्यालयमा ४१ लाख ५० हजारका दरले कक्षा कोठा निर्माणमा सहयोग प्रदान गरिएको छ ।
एनडीएसले नेपालका १४ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानीका साथै विपन्न, दलीत, गरिव र असहाय समूदायको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित