भैंसी लिएर सरकारी कार्यालय पुगिन् महिला, कारण यस्ताे

एजेन्सी / भारतको मध्य प्रदेशस्थित सीधी जिल्लाको तहसीलदार कार्यालयमा घुसका लागि एक महिला भैंसी लिएर पुगेकी छिन् । म्रंगलबार रामकली पटेल नाम गरेकी महिलाले घूस दिने पैसा नभएको बताउँदै आफूसँग भएको भैंसी लिन अधिकारीहरूलाई आग्रह गरेकी हुन् । महिलाले आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएपछि त्यहाँका कर्मचारीहरूले उनीसँग घूस मागेका थिए ।

गत नोभेम्बर १४ मै नाम बदलिसकेको र महिलाले भैंसी लिएर आउनु षड्यन्त्रको एक अंग भएको बताउँदै अधिकारीहरूले भैंसी फर्काएर घूस मागेको आरोप पनि खारेज गरिदिए ।

भैंसी लिएर जाने ती महिलाले भने १० हजार भारु रकम बुझाए पछि पनि काम नभएकाले पुनः भैसी लिएर आएको बताएकी छिन् । उक्त घटनामा कारबाही चलिरहेको तहसीलदार माइकल टिर्कीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित