एउटै माछा १८ करोडमा बिक्री

काठमाडौँ / जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ। कियोसी किमुराले नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि यो रकम खर्चेका हुन्।

तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा किमुराले यो माछा किनेका हुन्। यो माछा जापानको उत्तरी अओमारीमा समातिएको थियो। किमुराले एउटै माछाका लागि यति धेरै रकम खर्चेपनि यो नै रेकर्ड चाहिँ होइन। यसअघि गत बर्ष आयोजित लिलाम बढाबढमा एउटै माछा ३१ करोड रुपैयाँमा बिकेका थियो।

विश्व वन्यजन्तु कोषका अनुसार ब्लुफिन पनि विशाल टुना माछाहरु ४० बर्षसम्म बाँच्‍न सक्छन्। संकटापन्न अवस्थामा रहेका यी माछाहरु १० फिटसम्म लामा हुनछन्।

प्रतिक्रिया

सम्बन्धित