धरानको इन्जिनियरिङ कलेजमा तालाबन्दी

धरान / आफूहरुले अध्ययन गरेको विषय नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता नगरिएकोप्रति आक्रोसित बन्दै धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनिरमा अध्ययनरत विद्यार्थीहरुले आज क्याम्पसको प्रशासन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा ०७१ र ०७२ सालमा अध्ययन गरेरका विद्यार्थीहरु काउन्सिलमा दर्ता नहुदा अन्यौलमा परेको भन्दै आक्रोसित उनिहरुले कलेजको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीसंगै उनीहरुले पढाई नै छोडेर धर्नामा बसेका छन् । तालाबन्दी पश्चात उनीहरुले हाम्रो माग पूरा गर, काउन्सिलमा चाडो दर्ता गर लगायतका नारा समेत लगाएका थिए । हालसम्म यस विषयका ७६ जनाले पढाइ सकेपनि काउन्सिलमा दर्ता नगरेको र लोकसेवा खुल्न नसकेको अवस्थामा बेरोजगारी बस्नुपर्ने बाध्यता भएकोले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउन तालाबन्दी गरेको आन्दोलित विद्यार्थी सुमन दाहालले बताए । उनले अहिलेसम्म यो क्याम्पसबाट दुईवटा व्याज सकिएको र ७६ जना विद्याथी काउसिलमा दर्ता नभइ इन्जिनियरको लाइसेन्स नहुदा विद्यार्थी अन्यौलमा परेका कारण ध्यानाकर्षणका लागि तालाबन्दी गर्नुपरेको बताए ।

विद्यार्थीहरुले विगतमा तत्कालीन क्याम्पस प्रमुख जितेन्द्र चौधरीले व्यवस्था गरेका कारण काउन्सिलमा दर्ता हुन नसकेको बताउदै अहिलेका नया क्याम्पस प्रमुख ओमप्रकास ढकाललाई ध्यानाकर्षणका लागि तालाबन्दी गरेको बताएका छन् ।यता क्याम्पस प्रशासनल भने विद्यार्थीको समस्याको विषयमा गम्भीर रुपमा अगाडि बढेको बताएको छ । क्याम्पस प्रमुख ओमप्रकास ढकालले मन्त्रिपरिषदबाट मात्र यो विषय टुंगिने भएकोले यस विषयमा सम्बन्धित ठाउमा पहल गरिरहेको बताए ।

उनले असारमा आफु क्याम्पस प्रमुख भएर यस क्याम्पसमा आउने वित्तिकै दर्ता प्रक्रियाका लागि पठाइसकिएको र यो प्रक्रियामा रहेको बताए । अन्य फेकल्टी संस्थानमा दर्ता भए पनि आर्किटेक्चर र इलेक्ट्रिकल फ्याकल्टी भने दर्ता भएको छैन । विद्याथीको भ्याकन्सी भने खोलिरहने तर विद्यार्थी समस्यालाई समाधान नगरी विद्यार्थीलाई अन्यौलमा राख्ने काम भएको विद्यार्थीहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित