विराटनगरमा १० रुपैयाँमै भरपेट खाना

माेरङ / एक कप चियाको मुल्य नै १५ रुपैयाँ पुगेको बेला विराटनगरमा भने १० रुपैयाँमा भरपेट खाना खुवाउन थालिएको छ । समाजसेवा अग्रसर देखिएका केही व्यक्तिहरुले आफ्नै पहलमा विराटनगरको कालीमन्दिर अगाडी १० रुपैयाँमा भात खुवाउन थालिएको हो ।

राजपा नेपालका तत्कालिन सहमहामन्त्री समेत रहिसकेका समाजसेवी दिलीप धाडेवाको अगुवाईमा नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता मिलेर १० रुपैयाँमा भरपेट खाना र २० रुपैयाँमा घरमा लान प्याकिङको समेत व्यवस्था गरेका हुन् । सवै मानिससँग होटलमा खान सक्ने आर्थिक हैसियत नहुने भन्दै विपन्न व्यक्तिहरुले पनि सस्तो मुल्यमै खाना खान पाउन भनेर सेवामुलक काम सुरु गरेको धाडेवाले बताए ।

उनले १० रुपैयाँमा बास्मती चामलको भात र तरकारी खुवाइने जानकारी दिंदै यस्तो सेवालाई अस्पताल छेउछाउका स्थानमा समेत विस्तार गरिने जानकारी दिए । यसका लागि कसैस“ग सहयोग नलिइएको पनि सुनाए । सस्तो मुल्यमा खाना खुवाउने कार्य सुरु गरेकै दिन साढे चारसय बढिले खाएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित