आकर्षक देखिन स्त’न बढाउन खोज्दा जे भयो

काठमाडौं / आकर्षक देखिनु अहिले फेशनजस्तै भएको छ । आकर्षक विज्ञापन र लोभलाग्दा अफरहरु सुनेर सुन्दर हुने चाहनामा कहिलेकाहिँ हामी जोखिम उठाउन तयार हुन्छौँ । तर यस्तो जोखिम उठाउन अघि सर्तक रहनुहोला कतै तपाईको निर्णयले ज्यानै जोखिममा त पार्दैन । यस्तै खबर अहिले अमेरिकाबाट बाहिर आएको छ । अमेरिकाको कोलोराडोकी एक किशोरीमाथि घटेको एक घटनाले सबैलाई झस्काएको छ ।

एक अमेरिकी संचारमाध्यमका अनुसार १८ वर्षीय एक किशोरीले स्त’न बृद्धिका लागि गरिएको पलाष्कि सर्जरीपछि दिमागमा असर गरेपछि उनी कोमामा पुगेकी छन् । ती किशोरीको परिवारका अनुसार स्त’न बृद्धिको अप्रेसनपछि दिमागमा असर गरेको आरोप लगाएको छ । स्त’न प्रत्यारोपणका क्रममा मुटुको नशामा असर गरेको थियो भने पछि विस्तारै उनको मस्तिस्क बिग्रन पुगेपछि परिवारले स्त’न प्रत्यारोपण गर्ने नर्स विरुद्ध मुद्धा हालेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित