नेपालका टिकटक कलाकार नयाँ मन्त्रीमण्डलका सदस्य भन्दै भारतमा भाइरल

काठमाडौँ / नेपाली टिकटक कलाकारहरुलाई भारतीय सामाजिक सञ्जालमा फिनल्याण्डको नवनियुक्त मन्त्री भनेर प्रचार गरिएको छ । नेपाली टिकटकका चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा तथा दीपा र दमन्ता श्रेष्ठसँगै बसेको तस्वीरलाई भारतीयहरुले फेसबुक र ट्वीटरमा फिन्ल्याण्डको नवगठित मन्त्रीमण्डलका सदस्यहरु भन्दै शेयर गरेका हुन् ।

फिनल्याण्डमा हालै संसारकै कम उमेरकी प्रधानमन्त्रीको रुपमा ३४ वर्षीया सान्ना मरिन सत्तासिन भएकी छिन् योसँगै उनको चर्चा विश्वभर चुलिएको छ । मरिनले गठन गरेको पाँच सदस्यीय क्याबिनेटमा ३५ वर्षभन्दा कम उमेरकै चार जना मन्त्रीहरु रहेका छन् ।

तर भारतीय सामजिक सञ्जालमा भने नेपाली टिकटक जुम्ल्याहा दिदीबहिनीको तस्वीरमा ती मन्त्रीहरुको नाम उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित