मनमोहन आधारभुत विद्यालयका बिद्यार्थीलाई पाठ्य सामाग्री प्रदान

इटहरी / इटहरी १० मा रहेकाे श्रि मनमोहन आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई पाठ्य सामाग्रीहरु प्रदान गरिएको छ । चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरे, बिराटनगर का ब्यबसायि तथा समाजसेवी लब घिमिरे तथा डि समुह ईटहरि द्धारा गरिब,दलित तथा पिछडिएका करिब ३१४ जना बिद्यार्थी हरुलाई पाठ्य सामाग्रीहरु प्रदान गरिएको हाे ।

सो क्रममा चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरे ले एउटा चिकित्सक को धर्म बिरामि को सेवा मात्र नभएर समाजसेवामा र समाज परिवर्तन पनि योगदान हुनुपर्ने बताउनुभयो ।

समाज सेवा र चिकित्सकिय अभ्यास लाई साथै गर्दै गरेका डाक्टर घिमिरे धरान स्थित बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान का एम डि मा अध्ययनरत छन । साथै यस्ता सामाजिक कार्य निकट भबिस्यमा नि जारि रहने र सो विद्यालयलाई आउने दिन मा पनि सहयोग रहिरहने डाक्टर देबराज ले बताए । सो कार्यक्रममा करिब असि हजार रुपैयाँ बराबरको पाठ्य सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित