ग्रीन पिस एकेडेमीलाइ इन्डो नेपाल स्टिम फेस्टकाे उपाधि

इटहरी / इन्डो नेपाल स्टिम फेस्ट २०१९ को उपाधि सुनसरीको इटहरीमा रहेको ग्रीन पिस एकेडेमीले स्कुलले जितेको छ । भारतको दिल्ली वल्ड पब्लिक स्कुल लुवियानाले आयोजना गरेको इन्डो नेपाल स्टिम फेस्टको उपाधि ग्रीन पिसले जितेको हो । छिमेकी मुलुक भारतमा भएको इन्डो नेपाल स्टिम फेस्टमा भारतका धेरै विद्यार्थीहरुका साथै नेपालबाट ग्रीन पिस एकेडेमी र काठमाडौं समृद्धि स्कुलको सहभागिता रहेको थियो । रिती रिवाज र संस्कृतिको विषयवस्तु समेटीएको सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आ आफना देश र आफनो क्षेत्रका रिती रिवाज र संस्कृतिका विषय आदान प्रदान गरेका थिए भने विभिन्न प्रयोगितात्मक कार्यक्रमहरु समेत समावेश गरिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीले अनुशासन , इमान्दारिता र प्रयोगात्मक अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीको बौद्धिक विकासमा अझ बढी महत्व राख्ने विषयवस्तुहरुका विषयमा समेत छलफल भएको कार्यक्रममा सहभागी ग्रीन पिस एकेडेमीकी विद्यार्थी अपेक्षा पौडेलले वताइन । विश्व ग्लोवलाइज भई रहेको समयमा एक देश र अर्काे देशको शिक्षा , संस्कृति र रिती रिवाजका विषयमा विद्यार्थीविचको अनुभव आदान प्रदान महत्वपुर्ण हुने विश्वास गरिएको ग्रीन पिस एकेडेमीका प्रिन्सीपल रामकुमार राईको वुझाइ रहेको छ । भारतको दिल्ली वल्ड पब्लिक स्कुलले थालनी गरेको यस प्रकारको रिती रिवाज ,संस्कृति आदानप्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै जानु पर्ने सहभागी विद्यालयहरुले जोड दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित