किन्डर पिलर स्कुलको चौथो वार्षीक उत्सव सम्पन्न

इटहरी / किन्डर पिलर इभी लिग किड्स स्कुलको चौथो वार्षीक कार्यक्रम सम्पन्न भएको छ । वार्षीक कार्यक्रममा स्कुलका बालबालिकाले विभिन्न जातजातिका पोषाक लगाएर नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक तथा बिद्यार्थीहरुलाई सम्बोधन गर्दै बिद्यालयका सञ्चालिका श्रुति शर्माले बिद्यार्थीहरुलाई समयसापेक्ष शिक्षाको प्रदान गर्दै लैजाने बताइन् । कार्यक्रममा द व्यायामसाला इटहरीकी सञ्चालिका ममता पर्साइको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बालबालिकाका अभिभावकहरुले समेत आफ्नो प्रतिभा देखाएका थिए । अभिभावकहरुलाई खेल खेलाइ विजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगितामा र प्रि स्कुल उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार दिइएको शर्माले बताइन् ।
अमेरिकन पद्दतीबाट पढाइ हुने प्रि स्कुलले बालबालिकाहरुको विकासको लागि शिक्षासँगै विभिन्न अनौपचारिक तालिम तथा क्षमता अभिबृद्धी कार्यक्रमहरुसमेत गर्दै आएको छ । स्कुलले विभिन्न खेलकुदलगायत अतिरिक्त कृयाकलापलाईसमेत जोड दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित