नुहाउने बेला महिलाको पेटबाट आन्द्रा बाहिर निस्किए पछि…….

काठमाडौं / स्कटल्याण्डको मेक्डफ सहरमा एउटा अनौठो घटना भएको छ । ३८ वर्षकी मेल ब्रेमनर नामकी महिलाले बाथरुमभित्र नुहाइरहेको बेला उनको पेट फाटेर आन्द्रा बाहिर निस्किएको छ । ती महिला सुत्केरी भएको ५ दिन मात्र भएको थियो । बाथरुम भित्र नुहाइरहेको बेला भुइँमा रहेको स्याम्पु समाउनका लागि उनी जब निहुरिइन् तब अकस्मात उनको पेट च्यातियो र आन्द्रा बाहिर निस्कियो ।

उनी इन्तु न चिन्तु भइन् । पेट बाहिर निस्किएको आन्द्रा हातले समाउँदै उनी बाथरुम बाहिर आइन् र कोठामा रहेको सोफामा बसिन् । उनका लोग्नेले तत्कालै डाक्टरलाई फोन गरे । अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै उनलाई हेलिकप्टरमा राखेर अस्पताल पुर्‍याइयो । समाचार अनुसार ती महिलाले शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरेको घाउमा टाँका लगाइएको थियो । स्याम्पु समाउन निहुरिँदा उनको पेटमा लगाइएको टाँका फुस्कियो । जसका कारण सोही ठाउँबाट आन्द्रा बाहिर निस्कियो ।

डाक्टरहरुले पुनः शल्यक्रिया गरी ती महिलाको बाहिर निस्किएको आन्द्रा पेटभित्र राखिदिए । ती महिलाले आफूले भोगेको त्यो घटनाका बारेमा सोसल मिडियामा शेयर गरेकी छिन् । त्यो क्षण आफ्नो जीवनको सबैभन्दा भयानक भएको उनले बताएकी छिन् ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित