अत्याधिक जाडो बढे सँगै इटहरीका बिद्यालय तीन दिन बन्द

इटहरी । अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै इटहरी उपमहानगरपालिकाले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पुस लागे देखि नै विहानै देखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्या भएको कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै तीन दिन विद्यालय विदा दिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै सामुदायीक र नीजि विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिएको इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाकी प्रमुख कुमारी अम्बिका शाहले बताईन ।

प्रतिक्रिया

सम्बन्धित