तीन विद्यार्थी संगठनद्धारा क्याम्पस शुल्क समायोजन गर्न माग

ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा वृद्धि भएको शुल्क समायोजन गर्न नेपाल विद्यार्थी संघ लगायतका तीन विद्यार्थी संगठनले माग गरेकाछन् । शुल्क वृद्धि गर्नुको कारण र स्नातक तह र स्नातकोत्तर तहबीचको शुल्क अन्तर भएको सम्बन्धमा स्पष्ट पार्दै समायोजन गर्न माग गरेकाहुन् ।

नेपाल विद्यार्थी संघ, समाजबादी विद्यार्थी युनियन र संघिय विद्यार्थी युनियनका क्याम्पस ईकाई समितिले संयुक्त रुपमा शुक्रबार ज्ञापन पत्र मार्फत यस्तो माग गरेकाहुन् । यस्तै क्याम्पसको आर्थिक वर्ष २०७५÷०७६ को आय व्याय सार्वजानिक गर्न र त्रिविको नियम विपरित नियुक्त गरिएका तृतिय श्रेणीका साथै आफ्नो विषयान्तर पढाउने अध्यापकलाई तुरुन्त हटाउन समेत ति संगठनहरुले माग गरेकाछन् ।

यता क्याम्पस र विद्यार्थीका साझा समस्या समाधानका लागि सबै विद्यार्थी संगठनहरु एक भई अघि बढ्नु पर्नेमा केहि विद्यार्थी संगठनले सहकार्य नगरि विभिन्न माग सहित आन्दोलनलाई चरम विन्दुमा पु¥याई क्याम्पसमा तालाबन्दी नै गर्नु दुखद भएको भन्दै समस्या समाधानका लागि सम्वन्धित पक्षलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ । यस अघि अनेरास्ववियूले समेत आफुहरुको माग बारे सुनुवाई नभएको भन्दै विहिबार क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा तालावन्दि गरेका थिए । बढेको शुल्क घटाउन लगायतका माग राखेर चरणबद्ध आन्दोलन गरिए पनि सुनुवाई नभएको भन्दै उनिहरुले तालाबन्दि गरेकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित