सात महिने बालक बने मेयर

काठमाण्डौ / अमेरिकामा सात महिने बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर नभई। उनलाई मानार्थ मेयर बनाइएको हो ।

उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए । ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिने समाचार एजेन्सीहरुले जनाएका छन् । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित