सुकुना क्याम्पसकाे प्राध्यापक सङ्घमा पोखरेल

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा बुधबार भएको प्राध्यापक सङ्घको निर्वाचन बाट अध्यक्षमा बलराम पोखरेल निर्वाचित भएका छन । सङ्घकाे निर्वाचनमा कान्ता सुवेदी उपाध्यक्ष , बालकृष्ण खड्का सचिव , मायादेवान सहसचिव , धुब्रप्रसाद नेपाल काेषाध्यक्षमा निर्वाचित भएका छन । तेसै गरि सदस्यहरुमा गणेशप्रसाद दाहाल, टीका उपाध्याय , उमादेवी गुरागाई , खगेन्द्रप्रसाद दाहाल , अशाेककुमार राई , रमेश खतिवडा निर्वाचन भए । प्राध्यापक संङ्घमा प्रजातान्त्रिक तथा प्रगतिशिलकाे तर्फबाट अध्यक्ष तथा अन्य पदाधिकारीहरु चयनको लागि पहिलो पल्ट निर्वाचन प्रणालीबाट टुङ्गो लागेको हाे ।

लामो समयकाे प्रगतिशिल प्रणालीबाट प्राध्यापक संङ्घको पदाधिकारी चयन हुने सुकुना क्याम्पसमा भर्खरै गठन भएको प्रजातान्त्रीक समुहले समेत पहिलो पल्ट निर्वाचनमा सहभागिता जनाएको थियो । ५ जना पदाधिकारीहरु सहित १० जना प्रगतिशील प्राध्यापक सङ्गठ्न बाट साथै प्रजातान्त्रिक प्राध्यापक सङ्घबाट १ जना सदस्यमा रमेश खतिवडा निर्वाचित भएको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

सुकुना क्याम्पसले प्राप्त गरेकाे क्यूएए काे मान्यतालाई नविकरणमा पहल गरि प्राध्यापक र कर्मचारीकाे पेशागत हक हितमा अवाज उठाएर क्याम्पसमा नयाँ नयाँ बिषयकाे कार्यक्रम ल्याउन पहल गर्ने अाफ्नाे मुख्य याेजना रहेको नव निर्वाचित अध्यक्ष पाेखरेले पुर्वेली न्यूज संगकाे कुराकानीमा बताए ।

प्रतिक्रिया

सम्बन्धित