मेरिल्याण्डको बिद्यार्थी सिमाले जितिन् सागमा कास्य पदक

बिराटनगर । भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को तेह्रौं संस्करणमा मेरिल्याण्डको बिद्यार्थी सिमा राजबंशीले कास्य पदक जित्न सफल भएकी छिन । बिराटनगरको मेरिल्याण्ड कलेजमा अध्यानरत सीमाले ब्याडमिन्टनमा नेपाललाई कास्य पदक दिलाउन सफल भएकी हुन् ।

पढाइ र खेल दुबैमा राम्रो छाप छोड्न सफल उनलाई मेरिल्याण्ड कलेजले सम्मान समेत गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । उनले यसअघि पनि चीनमा सम्पन्न प्रतियोगितामा उदयमान खेलाडीको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित