जनता क्याम्पसका अध्यक्ष सहित पाँच जनालाइ क्याम्पस प्रवेशमा निषेध

इटहरी / जनता बहुमूखी क्यम्पसका अध्यक्ष सहित पाँच जनालाइ बिद्यार्थी सङ्गठनहरूले क्याम्पस् प्रवेशमा निषेध गरेका छन् । साेमबार बिद्यार्थी सङ्गठनहरूले क्याम्पस परिसरमै विराेध कार्यक्रम गरी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रेवती रमण भण्डारी, क्याम्पस प्रमुख भाेजराज श्रेष्ठ तथा सहायक क्याम्पस प्रमूखहरू गिता अधिकारी, युवराज सिटाैला र टाेलनाथ काफ्लेलाइ अनिस्चित कालका लागि क्याम्पसमा प्रवेश निषेध गरेका हुन् ।

क्याम्पसकाे खेल मैदानमा आइतबार आयाेजित बृहत ख्रीष्टमस् महाेत्सव कार्यक्रमले पठन-पाठनमा अवराेध गरेकाे भन्दै विराेध गर्ने ६ जना विद्यार्थी नेताहररू लाइ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । विद्यार्थी नेताहररूलाइ प्रहरी हिरासतमा राख्न उनीहरूकाे भुमिका रहेकाे भन्दै प्रवेश निषेध गरेकाे विद्यार्थी नेता सहदेव काफ्लेले बताए । त्यसै गरि अर्का विद्यार्थी नेता किरण बिष्टले क्याम्पसकाे शैक्षिक वतावरण तथा पठन-पाठनमा अवराेध पर्ने कुनै पनि कार्यकाे विद्यार्थी सङ्गठनहरू एक जुट भएर विराेध गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित