जनता क्याम्पसका पाँच विद्यार्थी नेताहरू प्रहरीकाे नियन्त्रणमा

इटहरी / जनता बहुमुखी क्याम्पसका पाँच विद्यार्थी नेताहरू प्रहरीकाे नियन्त्रणमा परेका छन् । क्याम्पसकाे शैक्षिक गितिविध विग्रिने गरी कार्यक्रम सत्र्चालन गरेकाे भन्दै विराेध जनाए पछि विद्यार्थी नेताहरू सहदेव काफ्ले, किरण विषट, सागर धमला, संगित सन्ताेस र प्रविण दहाल लाइ प्रहरीले नयन्त्रणमा लिएकाे हाे । अाइतबार क्याम्पसकाे खेल मैदानमा अायाेजित बृहत ख्रीष्टमस महाेत्सवले पठन-पाठनमा पुर्ण रूपमा अवराेध पुगेकाे भन्दै विद्यार्थी नेताहरूले विराेध गरेका थिए ।

यस अघि विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै उक्त विषयमा खेद प्रकट गरेका थिए । ‘क्याम्पस हातामा रहेको खेल मैदान विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । विद्यार्थीको हक-हित र उन्नतीका निम्ती बिद्यार्थी संगठन एक जुट भएकाे विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी सङ्गठनहरू संग छलफल नै नगरी लिएकाे निर्णय बाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने विद्यार्थी सङ्गठनहरूले बताएका छन् । कार्यक्रम गर्ने विषयमा क्याम्पस प्रमुख भाेजराज श्रेष्ठ सँग कुरा गर्दा नागरिक समाजका व्यक्तिहरू समेत आएर स्थान मागेकाले प्रशासन बाट निर्णय गरेर कार्यक्रम सञ्चालन गर्ने अनुमती दिएको बताए । त्यसैगरि इसाइ समाज प्रदेश १ का महासचिव महेरमान याेज गिरीले विद्यार्थी संगठनहरूकाे सहमती मै कार्यक्रम गरेकाे बताए ।

क्याम्पस प्रागंणमा आइतबार बृहत् ख्रिष्मस महाेत्सव नामको कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राइ, विशिष्ट अतिथिहरूमा प्रदेश संसद सर्वध्वज साँवा, निलम बस्नेत लगायत १४ जिल्लबाट विभिन्न व्याक्तिहरू उपस्थीती रहेकाे थियाे । यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले मुख्यमन्त्री आउने कार्यक्रम अवरुद्ध पार्न खोजेकोले नियन्त्रणमा लिएको र छलफल गराएर छाडिदिने बताए ।

प्रतिक्रिया

सम्बन्धित