जनता क्याम्पसकाे शैक्षिक वातावरण बिग्रिएको भन्दै विद्यार्थी सङ्गठनहरूकाे आपत्ति

इटहरी / जनता बहुमुखी क्याम्पसमा शैक्षिक वातावरण बिग्रिएको भन्दै विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन् ।क्याम्पसको स्वामित्वमा रहेको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन ।

विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै उक्त विषयमा खेद प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘क्याम्पस हातामा रहेको खेल मैदान यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । यस क्याम्पसमा विद्यार्थीको हक- हित बाहिर गएर हुने कुनै पनि गतिविधिले हाम्रो अध्ययनमा अत्यन्त नराम्रो असर परेको छ ।’विद्यार्थी सङ्गठनहरूको छलफल विना गरिएका निर्णयबाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने विद्यार्थी सङ्गठनहरूले बताएका छन् ।

यस विषयमा क्याम्पस प्रमुख भाेजराज श्रेष्ठ सँग कुरा गर्दा नागरिक समाजका व्यक्तिहरू समेत आएर स्थान मागेकाले प्रशासन बाट निर्णय गरेर कार्यक्रम सञ्चालन गर्ने अनुमती दिएको बताए । उनले विद्यार्थीको पठनपाठनमा असर नगर्ने गरी कार्यक्रम सञ्चालन गर्ने भनेपनि बिद्यार्थीहरूले पठनपाठनमा असर परेकाले अागामि दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न नदिने प्रतिवद्भता समेत जनाए । क्याम्पस प्रागंणमा आइतबार बृहत् ख्रिष्मस महाेत्सव नामको कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित