पहिलो पटक इनरुवामा विद्यापति स्मृति समारोह

इनरुवा / सुनसरीको इनरुवामा पहिलो पटक विद्यापतिको सम्झनामा स्मृति पर्व २०७६ को आयोजना गरिएको छ । मैथिली साहित्यका महाकवी मानिने विद्यापतिको सम्झनामा आयोजित उक्त कार्यक्रममा प्रदेश एकका सामाजिक बिकास मंत्री जीवन घिमिरे र उद्योग,पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियतको उपस्थिति रहेको थियो ।

इनरुवा नगरपालिकाको कार्यालय र मैथिल सेवा समिति इनरुवा सुनसरीले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रम सुनसरीकै पहिलो भएकोे दाबी गरिएको छ । इनरुवा ४ मा रहेको रामजानकी मन्दिर परिषरमा आयोजित कार्यक्रममा सुनसरी, मोरङ र सप्तरी सहित सिमावर्ती भारतीय जिल्लामा बसोबास गर्ने मैथिलभाषी अगुवा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम संयोजक जीवानन्द झाका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने मैथिल समूदायका अगुवा तथा विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता सहित स्थानीय निकायका प्रमुखका साथै मैथिल सेवा समितिका संस्थापक अध्यक्ष डा.एस.एन झा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मंत्रीद्वय घिमिरे र कुसियतले सबै जातजाति र भाषा संस्कृतिको जर्गेनाकालागि प्रदेश सरकार सदैव कटिवद्ध रहेको धारणा राखेका थिए । उनीहरुले कला र संस्कृतिको जर्गेना र जीवन्तताकालागि सबै पक्ष्य लागिपर्नु पर्ने धारणा समेत व्यक्त गरे ।

दिउँसोको औपचारिक समारोह पूर्व विहान प्रभातफेरी सहित विद्यापति स्मारकको शिलान्यास गरिएको थियो । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र इनरुवा नगर प्र्रमुख राजन मेहताले विद्यापति स्मारकको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित