सुन्दरहरैंचामा महिला स्वास्थ्य स्वयंसेविका दिवसमा विविध कार्यक्रम

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे अायाेजनामा १६ अाैं महिला स्वास्थ्य स्वयंसेविका दिवस अाफ्ना विविध कार्यक्रम गरि मनाइएकाे छ ।

गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ प्रवर्धनमा अहम भुमिका भन्ने नाराका साथमा नपाकाे सभाहलमा कार्यक्रम भएको थियाे । दिवसकाे अवसरमा नगरमा रहेका स्वास्थ्य स्वयं सेविकाहरु लामबद्व रुपमा हातमा प्लेकाड बाेकेर संपूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरु एक हाै भन्दै नगर परिक्रमा गरेका थिए । कार्यक्रममा स्वास्थ्य स्वयं सेविकाहरुले स्वस्थ्य सम्बन्धी संन्देश मूलक गीतहरु समेत प्रस्तुत गरेका थिए ।

दिवसका अवसरमा नगरमा रहेर ५ वटा स्वास्थ्य चाैकीलाई कार्यक्षेत्र बनाएर उत्कृष्ठ कार्य गर्ने ५ जाना स्वास्थ्य स्वंय सेविकाहरुलाई अविर फूलमालाका साथमा प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियाे । सम्मानित हुने स्वास्थ्य स्वंय सेविकाहरुमा राधा राई सुन्दरपुर , सवरवति चाैधरी दुलारी , रिता ढकाल मृगौला , सुशिला सिं हरैंचा तथा विष्णु कार्की इन्द्रपुर स्वास्थ्य चाैकी रहेका छन ।

नगरकाे १२ वटै वडाका ४५ जाना महिला स्वास्थ्य स्वंय सेविका , वडाध्यक्ष , स्वास्थ्य शाखाका प्रमुख , संचारकर्मी लगायतकाे सहभागितामा कार्यक्रम भएको थियाे । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले स्वागत तथा कार्यक्रम माथी प्रकाश पारेका थिए । सुन्दरहरैंचा नपाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले सुन्दरहरैंचा नपामा १ वटा प्राथमिक स्वास्थ्य केन्द्र हरैंचामा रहेको दुलारी, मृगौला , सुन्दरपुर, इन्द्रपुरमा गरि ४ वटा स्वास्थ्य चाैकी कार्यरत भएको जानकारी गराउँदै चिरम स्मृति प्रतिष्ठान र त्रिवेणी गरि २ वटा शहरी स्वास्थ्य केन्द्र सुन्दरहरैंचा नपामा रहेकाेले महिला स्वास्थ्य स्वंय सेविकाहरुकाे यस नगरमा महत्त्वपूर्ण भुमिका साथमा निःस्वार्थ रुपमा कार्यरत रहेकाे बताए ।

१६ अाै महिला स्वास्थ्य स्वंय सेविका दिवसकाे अवसरमा भएको साे कार्यक्रममा मृगौलीया स्वास्थ्य चाैकीका प्रमुख माधव रेग्मी , इन्द्रपुर स्वास्थ्य चाैकीका प्रमुख लिलामणि दाहाल , वडाध्यक्ष विशमलाल चाैधरी , कार्यक्रमका सभापति नगर उपप्रमुख धनमाया तामाङ लगायतले महिला स्वास्थ्य स्वंय सेविकाकाे भुमिका र अावश्यकताकाे वारेमा मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारबाट अहिले राष्ट्रिय दिवसका रुपमा मनाउंने गरेकाे स्वंय सेविका दिवस नेपालमा भने २०४५ साल देखी स्वंय सेविकाहरु राख्न थालिएकाे थियाे । २७ जिल्लाबाट शुरु भएको स्वंय सेविका हाल ७७ जिल्लामा गरि ५१ हजार ४ सय २३ जाना कार्यरत छन। याे दिवस नेपालकाे ७ सय ५३ स्थानमा मनाउँने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित