यस्ता छन् पहिलो महिनावारीसगँ जोडिएका केही रोचक र अनौठा जानकारी

पीरियड वा महिनावारीलाई लिएर हाम्रो समाजमा निकै भ्रम छन् । धेरै त महिनावारीको समयमा नारीलाई अशुद्ध मानिन्छ । अधिकाशं व्यक्ति रजश्वलाका बारे परम्परासगँ जोडेर विभिन्न काल्पनिक कहानीको कुराकानी गर्छन्, जसको कुनै आधार छैन । सत्य यहि हो कि आज पनि केहि क्षेत्र यस्ता छन् जहाँ छोरीको पहिलो रजश्वलामा खुसि मान्छन् र उत्सवको रुपमा मनाउछन् ।

छिमेकि मुलुक भारतको कर्नाटकको केहि स्थानमा आज पनि एक परम्परा कायमै छ । जव कि छोरीको पहिलो रजश्वलामा उत्सवको आयोजना गर्छन् र खुसि साटासाट गर्छन्, नयाँ नयाँ कपडा किनिदिन्छन्, मिठामिठा परिकार खुवाईन्छ, सुमंगली वा विवाहिता महिलाले रजश्वला भएकी नारीलाई आरती गर्छिन् । यसरी पनि मान्ने गरिन्छ, कि पिरियडको समयमा उनीहरुमा कुनै समस्या नहोस् । केरला र आन्द्र प्रदेशका क्षेत्रमा पनि यस्तै उत्सवको आयोजना गरिन्छ ।

तामिलनाडुमा त ३ दिन उत्सव नै मनाउछन् । त्यहाँ औषधीयुक्त पानीले नुहाईन्छ । वरिवरिका छरछिमेक, परिवार जुट्छन्, अनि जन्मदिनमा जस्तै उपहार पनि दिन्छन्, अनि खुसि साटासाट गर्ने गरिएको छ ।

आसाममा यसप्रकार जोरु बिहा को नामले तिहार नै मनाईन्छ ।भारतीय परम्परा र संस्कृतिको नाममा पीरियडसग जोडेर महिला को अशुद्ध वा अछूतको दृष्टिकोणले हेर्ने गरिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित