बेलबारीको ६ को बिरेन्द्र माविमा मध्यरातमा धामीझाँक्री र जोखाना

बेलबारी । मोरङको बेलबारीमा रहेको एक सामुदायिक विद्यालयमा मध्यरातमा धामी बसेको छ । विद्यार्थीमा अनौठो समस्या देखिएपछि विद्यालयमै धामी बसेको हो । अध्ययनका लागि आएका छात्रामा टोलाउने बेहोस हुने र शौचालयमा अनौठो दृष्य देखिएपछि बेलबारी नगरपालिका ६ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा शनिबार राति धामी राखिएको हो ।

भोजपुरबाट बोलाइएका ती धामीले राति १२ बजेसम्म पुजा गरेको स्कुलका प्राध्यानाध्यापक तीर्थबहादुर राईले जानकारी दिए । शौचालय गएर फर्कने छात्रामा टोलाउने, बिरामी हुने, वान्ता हुने समस्या देखिएपछि शुक्रबार धामीलाई जोखाना देखाइएको थियो ।

जोखाना देखाउँदा जागित्र (मृतआत्मा( रहेको बताएपछि धामी राखिएको थियो । शुक्रबार स्कुल बिदा गरेर धामी राखिएको र धामी राखेपछि आइतबार विद्यार्थीहरुमा कुनै समस्या नदेखिएको बताइएको छ ।

purbeli tv

प्रतिक्रिया

सम्बन्धित