यौनका लागि लोभ्याएर सुन्दरीले लिपस्टिकबाट अश्लील भिडियो बनाउँथे

पहुँचवाला नेता, ठूला अधिकारीहरुलाई हनीट्रयापमा फसाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गर्ने गिरोहको बारेमा नयाँ र आश्चर्यजनक खुलासा भएको छ । भारतको मध्य प्रदेशमा भएको यो घटनामा फसाउने सुन्दरीहरुले भिडियो बनाउनको लागि लिपस्टिक, चस्मा र सामान्य मोवाइलका क्यामेरा प्रयोग गरेका थिए जसका कारण उनीहरुले भिडियो बनाएको शंका भएन ।

पुलिसले १८ र १९ सेप्टेम्बरमा इन्दौरबाट ५ महिला र १ पुरुषलाई पक्राउ गरी हनीट्रयाप ग्याङको पर्दाफाश गरेको थियो । पुलिसले इन्दौर नगर निगमका एक इन्जिनियरले उजुरी दिएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । यी इन्जिनियरको पनि भिडियो बनाएर उनीसँग ३ करोड मागिएको थियो । उनीहरुसँगबाट हाइप्रोफाइल व्यक्तिहरुका सयौं अश्लील भिडियो भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित