जब धनकुटा वासिले न्यूरो हस्पिटलका चिकित्सकका अगाडि सम्मानका लगि सिर झुकाए

इटहरी / न्यूरो हस्पिटलका सम्पूर्ण वरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई धनकुटामा भव्यताका साथ सम्मान गरिएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा हस्पिटलका सम्पूर्ण पदाधिकारीहरुको अगाडि गाँउवासिले शिर झुकाएर सम्मान व्यक्त गरका छन् ।

पहिलो संविधान सभाका सभासद टिकाराम चेम्जुङले धनकुटा जिल्लमा न्यूरो हस्प्टिलको बिरामीहरु प्रतिको योगदानको बहु चर्चा गर्नुभयो । बर्षौ देखि धनकुटा जिल्लाका अधिकांश बिरामीहरुलाई न्यूरो हस्पिटलको वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टको चिकित्सकिय टोलीले नयाँ जिवन दिँदै आएको प्रति खुशि व्यक्त गर्नुभयो । उहाँले भगवानको दोश्रो रुप नै चिकित्सकहरु भएको बताउनुभयो ।

यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले समेत शिविरको अवलोकन गर्नुभएको छ । उहाँले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले धनकुटावाशि हर्षित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित